काठमाडौँ । काठमाडौँ उपत्यकामा ७ सय २४ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उपत्यकाका तीन जिल्लामा २४ घण्टामा ७ सय २४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौँमा ५ सय ८३, ललितपुरमा ७८ र भक्तपुर ६३ जना संक्रमित फेला परेका छन् ।
उनका अनुसार २४ घण्टामा १० हजार १९ पीसीआर परीक्षण गरिएका छन् । २४ घन्टामा देशभर भने १२ सय ७ जनामा कोरोना पुष्टि भएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
