पोखरा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन अनेरास्ववियुका पूर्व जिल्ला अध्यक्ष नेपाली काँग्रेस प्रवेश गरेका छन् ।
म्याग्दी अनेरास्ववियुका पूर्वजिल्ला अध्यक्ष रुद्र किसान नेपाली काँग्रेस प्रवेश गरेको नेपाली काँग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा खम्बीरले जानकारी दिए ।
किसानलाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्वागत गर्दै पार्टी सदस्य दिएका छन्।
पछिल्लो समय देशभर काँग्रेस प्रवेश गर्नेको लहर चलेको छ।
आज धादिङको निलकण्ठमा पनि झण्डै सय जना नेकपा कार्यकर्ता काँग्रेस प्रवेश गर्ने कार्यतालिका रहेको काँग्रेस स्रोतले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
