काठमाडौँ उपत्यकामा मात्रै थप ६ सय ४५ जना कोरोना संक्रमित फेला

काठमाडौँ । काठमाडौँ उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा ६४५ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थपिएका संक्रमितमध्ये काठमाडौँमा ५०३, ललितपुरमा ९१ र भक्तपुरमा ५१ जना छन्।

Advertisement

योसहित नेपालभर आजको संक्रमित संख्या १३१३ पुगेका छन्। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २८९ रहेको छ। तीमध्ये ८ हजार २३७ जना संस्थागत आइसोलेशनमा रहेका छन्। यस्तै पछिल्लो २४ घण्टामा जना १४ सय ५५ कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् ।

यो सँगै हालसम्म संक्रमणमुक्त हुनेको कुल संख्या ५१ हजार ८६६ जना पुगेको छ। संक्रमणमुक्त हुने दर ७३.४ प्रतिशत रहेको छ।

आइसीयूमा २२७ जना र भेन्टिलेटरमा ३९ जना रहेका छन्। ७ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने ७ जिल्ला कोरोनासंक्रमणमुक्त भएका छन्।

More News last news
Loading...