तनहुँ । तनहुँको कुम्लेखोलास्थित आफ्नै घरमा एक जना बृद्धाको विभत्स अवस्थामा शव फेला परेको छ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–७ कुम्लेखोलास्थित पृथ्वीराजमार्गसँगै जोडिएको घरमा अन्दाजी ६५ बर्षीया बृद्धा तेजकुमारी ढकालको विभत्स अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
सामन्य खुद्रा पसल सञ्चालन गर्दै आएकी उनी घरमा एक्लै बस्दै आएकी थिइन्। उनको बिहान ७ बजे शव फेला परेको प्रहरीले जनाएको छ। उनका ज्वाईले विभत्स अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
ज्वाईले ती वृद्धाको घरको पिढीमा दूध राखेर सबेरै अन्यत्र दूध पु-याउन गएका थिए । फर्केर आउँदा पनि पिढीमै दूध देखेपछि उनी गएर हेर्दा घरको ढोका खुल्ला अवस्थामा थियो। घरभित्र उनको शव थियो।
स्थानियले हत्याको आशंका गरेका छन्। प्रहरीले घटनाको अनुसन्धान थालेको छ।
तस्वीर सौजन्यः शुक्लागण्डकी एफएम
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
