काठमाडौँ । सर्वोच्च अदालतले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्यको रुपमा काम गर्न नदिन अन्तरिम आदेश दिएको छ ।
बुधबार, सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले गौतमलाई मन्त्री समेत नबनाउन आदेश जारी गरेको रिट निवेदनकमध्येका एक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिए।
मन्त्रिपरिषद्बाट सिफारिस भएर राष्ट्रपतिबाट मनोनित भएका गौतमले असोज १ गते राष्ट्रिय सभा सदस्य पदको सपथ खाएका थिए ।
गौतमलाई प्रतिनिधिसभा निर्वाचनमा पराजित हुँदा पनि संघीय संसद्मा मनोनित गरेर लगेको भन्दै अधिवक्ता त्रिपाठीले सर्वोच्चमा रिट दायर गरेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
