स्वारेज बार्सिलोना छाडेर एथ्लेटिको म्याड्रिड जाने पक्का

काठमाडौँ । लुइस सुवारेज बार्सिलोना छाडेर प्रतिद्वन्द्वी क्लब एथ्लेटिको म्याड्रिड जाने भएका छन्।

नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको योजनामा नपरेपछि सुवारेज क्लब छाड्न बाध्य बनेका हुन् ।

Advertisement

यसअघि, सुवारेज युभेन्टस जाने तयारी गरे पनि पासपोर्टको समस्याका कारण उक्त करार बीचैमा तुहिएको थियो।

त्यसपछि सुवारेजले एथ्लेटिकोसँग सम्झौता गरेका थिए ।

यद्यपि, बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले उक्त सम्झौतामा अड्को थापेका थिए ।

किनभने उनी सुवारेज प्रतिद्वन्द्वी क्लबमा गएको चाहँदैन थिए । पछि, सुवारेजका प्रतिनिधिहरुसँगको छलफल पछि उनी सुवारेजलाई एथ्लेटिको जान दिन तयार भएका हुन् ।

एथ्लेटिकोले ३३ वर्षीय उरुग्वेन खेलाडीका लागि मात्र ४० लाख युरो खर्चिनु पर्नेछ । एथ्लेटिकोमा सुवारेजले बार्सिलोनामा कमाइरहेको वार्षिक ३ करोडभन्दा आधा मात्र तलब पाउनेछन् ।

More News last news
Loading...