मंगलबार साँझ गण्डकीमा थपिए ३८ कोरोना संक्रमित

काठमाडौँ । मंगलबार साँझ गण्डकी प्रदेशमा थप ३८ जना कोरोना संक्रमित थपिएका छन्।

अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ४७७ पुगेको छ।

Advertisement

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ३८ जना संक्रमित थपिएका हुन्।

बाग्लुङ जिल्ला, ढोरपाटन–१ का ब्यक्तिहरु नेपाल बैंक लि. हिमाल मेडिकल, भट्टराई ईलेक्ट्रोनिक्स, ढोरपाटन नगरपालिका कार्यालय, बुर्तिबाङ प्रा. स्वा. के., धौलागिरी होटेल, साईला होटेल, सिटी क्लिनिकमा कार्यरत छन्।

बाग्लुङ जिल्ला, ढोरपाटन–४ का ३१ बर्षीय पुरुष र गोरखा जिल्ला, सिरानचोक–६ का ३३ बर्षीय पुरुषगरी २ जना भारतबाट आई क्वारेन्टाइनमा बसेका छन्।

अन्य सबै संक्रमित कन्ट्रायाक ट्रेसिङ्गबाट आएका हुन् । सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको व्यहोरा अनुरोध छ।

More News last news
Loading...