देशभरका धार्मिकस्थलहरु अविलम्ब खोल्न काँग्रेस विपीको माग

वेवास्ता गरे जवरजस्ती खोल्ने चेतावनी

काठमाडौँ । नेपाली काँग्रेस (विपी) ले देशभरका धार्मिक स्थलहरु अविलम्ब खुलाउन सरकारसँग माग गरेको छ।

नेपाली काँग्रेस (विपी) ले आज एक विज्ञप्ति जारी गर्दै, सरकारले कोरोना (कोभिड–१९) रोकथामको नाममा लामो लकडाउन र निशेधाज्ञा जारि गर्दा विभिन्न जातजाति तथा धर्मालम्बीहरुको धर्म संस्कृति चाडपर्व तथा विश्वास र आशाका केन्द्र मानेर श्राद्वालुहरुले पुजा(आजा गर्ने मठ मन्दिर, चैत्य, गुम्बा, बिहार, मस्जिद जस्ता धार्मिकस्थलहरु बन्द रहेको प्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाएको हो।

Advertisement

विज्ञप्तिमा भनिएको छ, ‘बन्द रहेका धार्मिकस्थलहरु जनस्वास्थ्यको मापदण्ड पालना गरि खुल्ला गर्न तथा चाडपर्वहरु मनाउन दिन सरकारसँग जोडदार माग गर्दछ।’

आइतबारसम्म मन्दिर खोल्न सरकार र पशुपति क्षेत्र विकास कोषको ध्यानाकर्षण गराउँछ। हाम्रो मागलाई वेवास्ता गरिएमा सोमबार पार्टीले जबर्जस्ती खोल्न बाध्य हुने छ, विज्ञप्तिमा भनिएको छ।

 

More News last news
Loading...