आज ह्वात्तै घट्यो सुनको भाउ, तोलाको कति ?

काठमाडौँ । आज सुनचाँदीको भाउ ह्वात्तै घटेको छ।

सुनको भाउ आज तोलामा एक हजार ७ सय रुपैयाँ घटेर तोलाको ९५ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

सुन हिजो तोलाको ९७ हजार २ सय रुपैयाँ थियो । नाफा सुरक्षित गर्नको लागि अन्तर्राष्ट्रिय बजारमा सुन बिक्रीमा आएपछि भाउ घट्दै गएको महासंघले जनाएको छ।

यस्तै, चाँदी आज तोलामा ९० रुपैयाँ घटेको छ। चाँदी आज तोलाको एक हजार २ सय ३० रुपैयाँमा झरेको छ।

More News last news
Loading...