राप्रपामा गले कमल थापा, राणा र डा. लोहनीको एजेन्डा पारित, चुनावचिन्ह हलो

काठमाडौँ । झण्डै ६ महिनाअघि पार्टी एकता गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा संयूक्तले एकीकृत पार्टीको चुनाव चिन्ह ‘हलो’ कामय रहनेगरी विवाद टुंग्याएका छन्।

यसघि ‘हलो कि गाई’ ? भन्नेमा चर्को विवाद रहँदै आएको थियो। सोही विवादका कारण पार्टी एकता नै भंग हुने अवस्था आएपछि शीर्ष नेताहरु छलफल गरेर हलो चुनाव चिन्ह राख्न सहमत भएका हुन्।

Advertisement

यो सहमतिपछि अध्यक्ष कमल थापाले आफ्नो ट्वीटरमा चुनाव चिन्हमा सहमति भएको सार्वजनिक गरेका छन्।

‘हिन्दुराष्ट्रको एजेण्डा बोकेको राप्रपाको निम्ति ‘गाई’ उपयुक्त चुनाव चिन्ह हो । तर,पार्टी एकता जोगाउन सम्झौता अनिवार्य भयो । परिस्थितिजन्य यो बाध्यतालाई सहजरुपमा लिइदिन पार्टीका साथी र शुभचिन्तकहरुमा अपिल गर्दछ,’ थापाले भनेका छन्।

थापाले हिन्दु राष्ट्र बोकेको राप्रपाका लागि गाई नै उपयुक्त चुनाव चिन्ह भएपनि पार्टी एकता जोगाउन हलोमा सहमत भएको प्रष्टिकरण पनि दिएका छन्।

More News last news
Loading...