काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ।
यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा राति भएको खेलमा बैंगलोरले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गरेको हो।
बैंगलोरले हैदराबादलाई १ सय ६४ रनको लक्ष्य दिएको थियो। तर हैदराबाद १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५३ रनमा समेटियो।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो। जितसँगै बैंगलोरले २ अंक जोडेको छ। पराजित भएको हैदराबादको शून्य अंक छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
