मकवानपुरमा बोलेरो दुर्घटना, ज्यान गुमाउनेको संख्या ३ पुग्यो

काठमाडौँ । मकवानपुरको राक्सिराङमा भएको बलेरो दुर्घटनामा मृत्युहुनेको सङ्ख्या तीन पुगेको छ।

दुर्घटनामा गम्भीर घाइते भएका २७ वर्षीय सुजन शाहीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

Advertisement

आज दिउँसो मनहरीबाट सरिखेत जाँदै गरेको ग १ ज ७१७५ नम्बरको बोलेरो दुर्घटनामा दुई बालकको घटनास्थलमै मृत्यु भएको थियो भने शाही गम्भीर घाइते भएका थिए।

शाहीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिए ।

More News last news
Loading...