काठमाडौँ उपत्यकामा मात्रै थप ६ सय ७४ जना कोरोना संक्रमित फेला

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६ सय ७४ जनामा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबारको कोरोना मिडिया ब्रिफिङमा काठमाडौँमा ५३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएको हो।

Advertisement

आइतबार उपत्यकामा ७ सय ६७ जना संक्रमित थपिएका थिए।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हालसम्म नेपालमा पीसीआर विधिबाट ९ लाख २३ हजार ८२३ परीक्षणहरु गरिएका छन् ।

मुलुकभर सक्रिय संक्रमितको संख्या १७ हजार ६ सय ११ रहेको छ । २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ । होम आइसोलेसनमा रहनेको संख्या ८ हजार ६ सय ९० रहेको मन्त्रालयका प्रवक्ता गौतमले बताए ।

More News last news
Loading...