धादिङः पर्यटकीय क्षेत्रमा रुपान्तरित हुँदै नीलकण्ठ-१३, विपी गाउँ, एयरर्पोट र भ्यू टावर बन्दै

राजकुमार राना

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १३ पर्यटकिय क्षेत्रको रुपमा बिस्तार भई रहेको छ। ८० प्रतिशत भन्दा बढी जनजातीको बसोबास रहेको सो वडामा गुरुङ जातीको बसोबास अझ धेरै छ।

Advertisement

यस गाउँको पुरानो नाम जे रहेपनि केहि समय अघि देखि यो गाउँ विपी पर्यटकीय गाउँको रुपमा विकास हुन थालेको छ । यसले समग्र वडामै पर्यटकीय विकास हुने वडाध्यक्ष होम बहादुर गुरुङ बताउँछन् ।

चक्रपथ निर्माणकार्य जारी

वडाध्यक्ष गुरुङले भने, यस वडामा चक्रपथ निर्माणको काम भईरहेको छ । अहिले चक्रपथको ट्रायाक निर्माणको काम सम्पन्न भईसकेको छ । उक्त चक्रपथ भित्र घोड–चडी, साइकलिंग र फूड ट्रेल सन्चालन गछौँ ।

वडामा रहेको सबै भन्दा उच्च ठाउँमा स्थानीय कच्चा बस्तुबाट हिमालय ग्रेट वालको निर्माण गरिने र सोही ठाउँमा भ्यू टावर पनि निर्माण गरिने भएको छ । जहाबाट पाविल हिमाल, गणेश हिमाल, मनास्लू हिमाल, धादिँग बजार, गोरखा, रसुवा र नुवाकोटको केहि भागको दृश्यावलोकन गर्न पाइन्छ ।

यस ठाउँमा जो पर्यटकको रुपमा आउँछन् उनीहरुलाई सालको पातबाट बनेको दूना टपरीमा खाना खुवाइने व्यवस्था मिलाएको छ । गुरुङ संस्कृति झल्किने नाच पनि प्रस्तुत गरिने छ।

आफू अध्यक्ष भएपश्चात विकास निर्माणमा लागेको र त्यस्को अनुभव बिस्तारै जनताले लिएको अध्यक्ष गुरुङ बताउँछन् ।

होमस्टे निर्माण हुँदै

सोही ठाउका काँग्रेसका युवा नेता, युवा उधमी तथा पर्यटन ब्याबसायी राकेश धमलाले सुबिधा सम्पन्न एसी सहितको यटेज बाथरुमसहितको ४० कोठे होमेस्टे संचालनका लागि निर्माण गरिरहेका छन् । त्यस होटलमा ५०० जना अट्ने सेमिनार हलको पनि निर्माण भइरहेको छ।

वडामा अहिले जती काम भएको छ र जती हुन छ त्यो काम सम्पन्न भए पश्चात आफ्नो वडाका नागरिकाहरु कोहि फुर्सिदिला हुन नपर्ने पर्यटन व्यवसायी धमला बताउँछन्।

आन्तरिक विमानस्थलको डीपीआर तयार

वडाको पहलमा आन्तरिक उडानका लागि एयरपोर्ट निर्माण हुने भएको छ। जसका लागि डीपीआर तयार भई सकेको र खेल मैदानको कामले पनि तिब्रता लिएको वडाध्यक्ष गुरुङ बताउँछन् ।

More News last news
Loading...