आज बढ्यो सुन

काठमाडौँ । साताको दोस्रो दिन अर्थात सोमबार सुनको मूल्य उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ तोकिएको छ। आइतबार सुन ९७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि बढेर ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको मूल्यसँगै चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन १ हजार ३१५ रुपैयाँमा कोरोबार भएको थियो ।

More News last news
Loading...