छैटौं शन्तान पनि छोरी भएको आशंकामा श्रीमानले काटे गर्भवती श्रीमतीको पेट

एजेन्सी । भारतको उत्तरप्रदेशको बदायूं जिल्लामा एक श्रीमानले आफ्नी गर्भवती श्रीमतीको धारिलो हतियारले पेट काटिदिएका छन्। उनले गर्भमा हुर्किरहेको शिशु छोरा हो वा छोरी भनेर हेर्न चाहेका कारण श्रीमतीमाथि हमला गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

घाइते महिलाको गम्भीर अवस्थामा दिल्लीको एक अस्पतालमा उपचार चलिरहेको छ र प्रहरीले हमलाकर्ता श्रीमानलाई पक्राउ गरेको समाचारमा जनाइएको छ।

Advertisement

दायूंका एसएसपी संकल्प शर्माले सञ्चारमाध्यमसँगको कुराकानीमा भने, ‘घाइते महिलाको भाइको तर्फबाट ऊजुरी पाइएको छ र त्यसै आधारमा मुद्दा दर्ता गरेर अभियुक्तलाई गिरफ्तार गरिएको छ । यद्यपि, सबै पक्षसँग घटनाबारे जानकारी लिइँदैछ र त्यसैको आधारमा थप कारवाही गरिनेछ ।’

बदायू जिल्लाको सिभिल लाइन्स थाना क्षेत्रको नेकपुर मोहल्लेमा बस्ने पन्नालालले आफ्नी गर्भवती श्रीमती अनिताको पेट हँसियाले काटिदिएको आरोप छ ।

अनिताको परिवार अनुसार पन्नालाल श्रीमतीको गर्भमा रहेको छैटौं सन्तान छोरा हुन् वा छोरी भनेर हेर्न चाहन्थे । पन्नालालकी श्रीमतीकी बहिनी रेखाले मिडियासँगको कुराकानीमा पन्नालालका पाँच छोरी छन् र छैटौं सन्तान पनि छोरीको रुपमा जन्मियोस् भनेर उनी चाहँदैनन् ।

रेखा भन्छिन्, ‘पन्नालालको आफ्नी श्रीमतीसँग यसबारे धेरैजसो झगडा भइरहन्थ्यो । उनले अनितामाथि कुटपिट पनि गर्ने गर्दथे। शनिबार पनि उनले अनितालाई निर्घात कुटे र हँसियाले हमला गरे ।’

अनिताका भाइ राजिवका अनुसार बरेलीमा डाक्टरको सल्लाहमा अनितालाई आइतबार दिल्ली लगिएको छ किनभने उनको स्थिती गम्भीर छ । राजिव पनि उनीसँगै छन् ।

More News last news
Loading...