काठमाडौँ उपत्यकामा एकै दिन थप ७ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७ सय ६७ कोरोना संक्रमित फेला परेका छन्।

काठमाडौँमा ६०२, ललितपुरमा ६४ र भक्तपुरमा १०१ जना संक्रमित देखिएका हुन्।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टामा ९ हजार ५८४ पीसीआर परीक्षण भएको जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १३ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १ सय २२ पुगेको छ ।

More News last news
Loading...