कास्कीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । कास्की जिल्लामा थप ६ जना नयाँ कोरोना भाइरस संक्रमित फेला परेका छन् ।

कास्कीको पोखरा महानगरपालिकाका १०, १२, ५, ८, र २५ नम्बर वडामा एक एक जना संक्रमित थपिएका छन् भने माछापुच्छ्रे गाउँपालिका ३ मा एक जना थपिएका छन् ।

Advertisement

यो सँगै कास्की जिल्लामा कोरोना संक्रमितको संख्या ७१० पुगेको छ।

कास्कीमा संक्रमित थपिएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३४०८ पुगेको छ ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ६ जना संक्रमित थपिएका हुन् ।

कास्की जिल्ला, माछापुच्छ्रे–३ का ५७ बर्षीय पुरुष कन्ट्रायाक ट्रेसिङमा परेका थिए भने अन्य व्यक्तिहरु पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा कोरोना परिक्षणको लागि आएका हुन् ।

हालसम्म कास्कीमा संक्रमित भएका ७१० मध्ये १०४ जना निको भएर घर फर्किसकेका छन् भने ११ जनाको ज्यान गएको छ।

More News last news
Loading...