काठमाडौँ । साविक उपविजेता चेन्नई सुपर किङ्सले १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ।
यूएईको अबुधाबीमा शनिबार भएको उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै चेन्नईले विजयी सुरुवात गरेको हो।
शेख जायद स्टेडियममा मुम्बईले दिएको १ सय ६३ रनको लक्ष्य चेन्नईले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पुरा गर्यो।
चेन्नईको जितमा अम्बाती रायाडुले ७१ र फाप डु प्लेसिसले ५५ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
