अमेरिकाले लगायो टिकटकमा प्रतिबन्ध

काठमाडौँ । अमेरिका सरकारले आइतबारदेखि टिकटक र वीच्याटको डाउनलोडमा प्रतिबन्ध लगाउने भएको छ।

अमेरिकाको वीत्त विभागले आइतबारदेखि चिनियाँ एप्लिकेशनहरु टिकटक र वीच्याट डाउनलोड गर्न नदिने स्पष्ट पारेको हो।

Advertisement

ट्रम्प प्रशासनले टिकटक तथा वीच्याटसहितका चिनियाँ एप्लिकेशनले अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा पैदा गरेको बताउँदै आएको छ।

एप्लिकेशनले प्रयोगकर्ताका जानकारीहरु चीनलाई उपलब्ध गराउने भन्दै चासो व्यक्त भएको हो।

दुवै चिनियाँ कम्पनीले अमेरिकी आरोप अस्वीकार गरेका छन् । आइतबारदेखि वीच्याट अमेरिकामा बन्द हुनेछ।

तर यसअघि नै टिकटक डाउनलोड गरेकाहरुले नोभेम्बर १२ सम्म चलाउन पाउने छन्। त्यसपछि टिकटकमाथि पनि पूर्ण प्रतिबन्ध लाग्ने छ।

टिकटकको अमेरिकामा सञ्चालन स्वामित्व सम्बन्धमा अमेरिकी कम्पनी ओरेकल र बाइटडान्सबीचको सहकार्यको योजना सहमतिमा पुग्यो र ट्रम्पले त्यसलाई स्वीकृत गरे भने टिकटकमाथि प्रतिबन्ध नलाग्ने अन्तर्राष्ट्रिय जगतले अनुमान गरेको छ।

More News last news
Loading...