पोखरा । गण्डकी प्रदेशमा थप १५ जना कोरोना संक्रमित थपिएका छन्।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार ३५१ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
आज थपिएका कोरोना संक्रमितमध्ये नवलपरासी (बर्दघाट सुस्तापूर्व) का ११, पर्वतका दुई, स्याङ्जा र लमजुङका एक–एक जना छन् ।
हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ।
गण्डकीमा पछिल्लो २४ घण्टामा ९२६ जनाको पिसिआर परीक्षण गरिएकामा ५६ जनाको कोरोना पुष्टि भएको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
