माछापुच्छ्रे बैंक र भारतीय ओम एक्सप्रेस पेमेन्टबीच रेमिट्यान्स सम्झौता

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेड र भारत स्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजबीच रेमिट्यान्स सम्झौता भएको छ।

रोजगारी तथा अन्य सिलसिलामा भारतमा रहेका नेपालीहरुले नेपालमा पैसा पठाउन सहज होस् भन्ने उद्धेश्यले सम्झौता गरिएको बैंकले जनाएको छ।

Advertisement

उक्त सम्झौता पश्चात भारतमा रहेका नेपालीहरुले त्यहाँ स्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेज संग सम्पर्क गरि भारतका जुनसुकै स्थानबाट नेपालमा सहज रुपमा पैसा पठाउन सक्ने छन्।

यसरी पठाएको पैसा नेपालमा रहेका माछापुच्छ्रे बैंक लि।का १५९ शाखा कार्यालयहंरु तथा १० हजार भन्दाबढि रेमिट्यान्स एजेन्टहरु मार्फत प्रापकले सहज रुपमा प्राप्त गर्न सक्नेछन्।

ओम एक्सप्रेस पेमेन्ट सर्भिसेज संग सहकार्य गरि माछापुच्छ्रे रेमिट्यान्स मार्फत नेपालमा पैसा पठाउदा कम सेवा शुल्क लाग्नेछ।

More News last news
Loading...