काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने बताएका छन्।
‘अ ट्रिटिज अन दि कन्स्टिच्युशन अफ नेपाल २०१५’ नामक पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले स्थिरता र स्थायित्वका नाममा संविधान संशोधन नरोकिने बताएका हुन्।
अयावहारिक रुपमा संविधान अपूर्ण रहेको देखिएमा संविधानको संशोधन गर्न सकिने उनको भनाइ छ। नागरिकको आवश्यकता र समयको मागअनुसार परिवर्तनको गतिलाई अगाडि बढाउन पनि संविधान संशोधन आवश्यक पर्न सक्ने प्रधानमन्त्री ओलीले बताए।
ओलीले भने, “केही केही व्यवहारका क्रममा भोलि गएर अपूर्णता पनि देखिएला। जनताको आवश्यकतालाई समयको मागअनुसार परिवर्तनको गतिलाई अगाडि बढाउनका लागि न्याय, समानता वा विकासलाई यथोचित ढङ्गले परिमार्जन गर्न संविधान संशोधन हुन आवश्यक पर्न सक्छ। त्यस्तो पर्यो भने संविधान संशोधन हुन्छ। यो अपरिवर्तनशील र असंशोधनीय चिज होइन। स्थिरता र स्थायित्वका नाममा अपरिवर्तनशील विषय होइन।”
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
