पोखरा । नवलपुरको देबचुली नगरपालिका–११ का ३१ वर्षीय कोरोना संक्रमित पुरुषको ज्यान गएको छ ।
चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत ती पुरुषको बिहीबार मध्यराति सवा १२ बजे मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ।
उनी भदौ २५ गते उपचारका लागि अस्पताल भर्ना उनमा २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनमा जटिल श्वासप्रस्वास तथा मृगौला सम्बन्धि समस्या समेत रहेको अस्पतालले जनाएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।
पोखरामा मात्रै थपिए १५ संक्रमित
पोखरा महानगरपालिकामा मात्रै १५ जना कोरोना संक्रमित फेला परेका छन् ।
पोखरामा मात्रै १५ जना संक्रमित थपिएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ३३६ पुगेको छ ।
क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको पोखरामा मत्रै १५ जना थपिएका हुन् ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
