डेढ सय क्षमताको कारागारमा ६०० कैदी, ५०० जना कोरोना पोजेटिभ

सिरहा । सिरहा जिल्ला कारागारका ५ सय कैदीबन्दीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

बुधबारमात्रै एकै पटक २ सय ५९ जनामा कोरोना संक्रमण देखिएको हो। सातजना कैदीले कोरोना जितेका छन्। क्षमताभन्दा बढी कैदीबन्दी हुँदा संक्रमण पुष्टि भएपछि पनि उनीहरू भीडभाडमा बस्न बाध्य छन्।

Advertisement

जिल्ला कारागारकी निमित्त जेलर बबिता महतोका अनुसार ५ सय ९९ कैदी मध्येबाट ५ सय जनामा संक्रमण पुष्टि भएको हो।

उनीहरुको कारागारभित्रै उपचार सुरु गरिएको छ। गत साउन २५ र २६ गते कोरोना परीक्षण जाँचको स्वाब लिएका तर, रिर्पाट नआएका चार जनालाई पुर्पक्षका लागि कारागार पठाइएको थियो। उनीहरुबाटै कोरोना संक्रमण फैलिएको अनुमान गरिएको छ।

More News last news
Loading...