काठमाडौँ । राष्ट्रियसभामा रिक्त १ सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम मनोनीत भएका छन्।
बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेकी हुन्।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पठाएको सिफारिसका आधारमा तत्कालै नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेकी हुन् । गौतमको राष्ट्रियसभा सदस्यको पदावधि ६ वर्ष हुनेछ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
