शंकास्पद व्यक्तिको मृत्यु भएमा सावधानीपूर्वक दाहसंस्कार गर्नु, कोरोना परीक्षण नगर्नु: सरकार

काठमाडौँ । उपचारका क्रममा मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण नगर्न सरकारले अस्पतालहरुलाई निर्देशन दिएको छ।

शंकास्पद व्यक्तिको उपचारका क्रममा मृत्यु भएमा त्यस्ता व्यक्तिको सावधानीपूर्वक दाहसंस्कार गर्न आग्रह गरेको छ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यससम्बन्धी निर्देशिका परिमार्जनका क्रममा रहेकाले अब मृतक व्यक्तिको कोरोना परीक्षण नगरिने जानकारी दिए।

यसअघि अस्पतालमा उपचारमा रहेका व्यक्तिको स्वाब संकलन गरेर पीसीआर परीक्षण हुँदै आएको थियो।

More News last news
Loading...