काठमाडौँ । विगत ६ महिनादेखि बन्द रहेको चन्द्रागिरी केबुलार बिहीबारदेखि सञ्चालनमा हुने भएको छ।
विगत ६ महिनादेखि बन्द रहेको चन्द्रागिरी केबुलकार भाद्र २९ गते बसेको मन्त्रिपरिषद निर्णयलाई टेकेर सञ्चालन गरिन लागेको चन्द्रागिरी हिल्सले जनाएको हो।
केही महिनादेखि जारी लकडाउनलाई सरकारले १ असोजबाट केही खुकुलो बनाउने निर्णय गरेसँगै अहिले निषेध आदेशबाट बन्द रहेको नयाँ पर्यटकीय हब चन्द्रागिरी विशेष स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालनमा ल्याउने लागिएको चन्द्रागिरी हिल्स प्रालिका महाप्रबन्धक अभिषेकविक्रम शाहले जानकारी दिए।
चन्द्रागिरी केबलकार र रिसोर्टलाई विगतका वर्षहरूमा भन्दा करिब ५० प्रतिशत कम मान्छे जम्मा हुने गरी सञ्चालनमा ल्याउन पनि तयारी थालिएको चन्द्रागिरी हिल्सले जनाएको छ।
चन्द्रागिरि केवलकार सञ्चालन आए पछि एउटा कारमा ८ जना यात्रा गर्न पाईने छैन भने अब देखि एउटा कारमा सामाजिक दुरी कायम गर्दै चार जना मात्रै यात्रा गर्नु पर्ने कम्पनीको नियम कायम गरेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
