काठमाडौँ । कपन स्थित आनी गुम्बा नजिक सस्तोमा सुन किन्न बोलाएर १३ लाख ५० हजार लुटपाट गर्ने समूहलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
बुढानिलकण्ठ नगरपालिका–११ मा उदयपुर चौदण्डीका निराहाङ राईलाई भदौ १८ को साँझ ५ जनाको समूहले लुटेका थिए।
लुटपाटको उजूरीपछि महानगरीय अपराध महाशाखा र वृत बौद्धको टोलीले उनिहरुलाई पक्रेर हिरासतमा राखेको थियो।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकका चारजना र सर्लाहीका १ जना छन्।
संक्रमण पुष्टि भएपछि आरोपीलाई जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजको आइसोलेशनमा भर्ना गरिएको छ।
थुुनुवा बाहेक, महानगरीय प्रहरी वृत बौद्धका १६ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित प्रहरीलाई नेपाल प्रहरी अस्पतालको आइसोलेशनमा राखिएको महानगरीय प्रहरी कार्यालय रानिपोखरीका एक अधिकृतले रातोपाटीलाई बताए।
लुटपाटमा संलग्न समूह मध्येका एकजनाले लुटेको पैसाले प्रदेश–३–०२–०१३ प ३३८० नम्बरको पल्सर मोटरसाइकल किनेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
