यातायातमा ५० प्रतिशत बढ्यो, असोज १ देखिनै लामो दुरीका सवारी चल्ने

काठमाडौँ । लामो दुरीको यातायात असोज १ गतेदेखि नै सञ्चालनमा आउने भएको छ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो।

Advertisement

र, व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।

साथै संक्रमणको जोखिम बढेको अवस्थामा स्थानीय प्रशासनले आवश्यक निर्णय लिन सक्नेछ।

बसको एक लहरको सिटमा एक जना मात्र बस्न पाइनेछ।

More News last news
Loading...