काठमाडौँ । काठमाडौँको न्युरोडमा मूख्य कार्यालय रहेको शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले कोरोना भाइरस (कोभिड १९) को जोखिमका बेला पनि शेयर सदस्यहरुलाई पूर्ण रुपमा सेवा दियो ।
विश्वका धेरै देशहरुसँगै नेपालमा पनि कोरोना भाइरसको संक्रमण बढ्यो । कोरोनाको त्राससँगै गत चैत्र ११ गतेबाट सरकारले गरेको लकडाउन र निषेधाज्ञामा पनि शुक्रपथले आफ्ना शेयर सदस्यहरुलई कुनै न कुनै रुपमा सेवा दिएको सहकारीका प्रमूख कार्यकारी निर्देशक (सिइओ) मधुकर वाग्लेले नयाँ पुस्तालाई बताए।
वाग्लेले भने, “सरकारले चैत्र ११ गतेबाट लकडाउन घोषणा गरेसँगै हामी १०–१५ दिन पर्ख र हेरको अवस्थामा रहयौँ । संयोगवस चैत्र २५ गते हाम्रो संस्थाको १० औँ वार्षिक उत्सव पर्यो । वार्षिक उत्सव आउँदा पनि हामीले कुनै छलफल गर्न पाएका थिएनौँ । त्यही अवसरमा चैत्र २४ गते हामीले सहकारी संचालक समिति र व्यवस्थापन बसेर छलफल गर्यौँ ।”
‘बैठकमा सहकारी भनेको शेयर सदस्यहरुको हो । सदस्यहरुलाई विषम परिस्थितिमा सेवा दिनु सहकारीको कर्तव्य भन्ने हामीले अनुभूति गयौँ र त्यसपछि हामीले चैत्र २६ गतेदेखि आजका दिनसम्म सार्बजनिक बिदा र संस्थाका बिदा हुने दिन बाहेक निरन्तर रुपमा खोलिरहेका छौँ। सेवा दिइरहेका छौँ ।’
वाग्लेले थपे, लकडाउनको सुरुवातको अवस्थामा आक्रान्त भएका सदस्यहरुलाई आफुहरुले घर घरमै पुगेर सेवा दिएको पनि बताए । ‘हामीले सुरुमा घरदैलो सेवा दियौँ, त्यसपछि सम्भव हुने कार्यालयहरु खोल्दै गयौँ र विस्तारै सबै कार्यालयहरु खोलेर सेवा दियौँ । त्यही भएर त हामी भन्छौँ सहकारी भनेको समाज र शेयर सदस्यका लागि बैँक भन्दा माथि हुन्छ।’
हामीले यो अवस्थामा ऋणीलाई प्रेसर दिएका छैनौँ
नेपालसहित विश्व नै कोरोना भाइरसको महामारीबाट आक्रान्त भइरहेका बेला शुक्रपथ सहकारीले आफ्ना शेयर सदस्यहर्रु (ऋणीहरु)लाई पैसा तिर्न ताकेका गर्ने कुरा भएन । तर सहकारी भनेकै पैसा संकलन गर्ने मात्रै होइन त्यसलाई बाहिर पनि पठाइन्छ । सदस्यको पैसा नै अन्य सदस्यलाई फिर्ता पठाउने हो ।
यहिबीचमा असार मसान्त पनि परेकाले हामीलाई केही अप्ठ्यारो पक्कै पनि भएकै हो । तर हामीले शेयर सदस्यहरुलाई फोन गरेर अनुकुल हुनेहरुबाट मात्रै लिएका छौँ भने नसक्नेहरुलाई सहजिकरण र निरन्तर सम्पर्कमा छौँ । तर उहाँहरुलाई हामीले अहिले नै चाहिन्छ, यसो गर्नुहोस्, उसो गर्नुहोस् भनेर प्रेसर दिएका छैनौँ ।
यहि अवस्थामा सहकारीहरुलाई केही समस्या आउँछन्
लगानी गरेको ठाउँमा पैसा भर्खरै चाहिन्छ भन्ने अवस्था रहँदैन । तर शेयर सदस्यहरुले सहकारीमा राखेको पैसा हामीले फिर्ता गर्न पर्ने अवस्था छ । फेरी यहि समयमा नेपालीहरुमा महानपर्व दशैँ, तिहार, छठ लगायतका पर्वहरु आउँदै छन् । पर्वको समयमा अन्य समयमा भन्दा अझै बढी शेयर सदस्यको रकम निकासा हुने गरेको छ र हुन्छ।
यस्तो अवस्थामा केही कठिन भने हुनसक्छ । तर एउटा सिस्टममा चलेका सहकारीलाई त्यस्तै समस्या नहोला । फेरि सहकारी बैँकले पनि त्यस्तो अवस्था आएको खण्डमा हामी सर्पोट गछौँ है भनेर उसले हामीलाई ढाडस दिइरहेको छ।
सरकारले सहकारीलाई स्वायत्त संस्था भनेर पनि भन्दै आएको छ। त्यो हुँदा खेरी सहकारीलाई आफ्नो समस्याको समाधान आफैँ गर भनेर भन्न सक्ने अवस्था पनि छ । र फेरि यो बित्तिय संस्था पनि भएको कारणले वित्तिय अनुशासन जरुरी हुन्छ र कतिपय अवस्थामा वित्तिय अनुशासनबाट चुकेका सहकारीहरुलाई चल्न कठिन हुन्छ की भन्ने हो।
तर त्यही अनुशासित भएको संस्थाहरुलाई सुरुका दिनमा केही अप्ठ्यारो परेपनि त्यति साह्रो गाह्रो पर्दैन। यदि त्यस्तो पर्यो भनेपछि हामीसँग सहकारी अभियान, सहकारी बैंक, माथिल्ला निकायहरु र छाता संगठनहरुले त्यसलाई जोगाएर लैजान सक्नुपर्छ ।
११६ जना कर्मचारी
शुक्रपथ सहकारीले हाल ११६ जना कर्मचारीबाट शेयर सदस्यहरुलाई सेवा सुबिधा दिँदै आएको छ । यो कर्मचारीको संख्या संख्यात्मक रुपमा धेरै भएपनि तरपनि हामीसँग अन्य धेरै प्लानहरु भएको र बहुउद्देश्सीय सहकारी भएको हुनाले हामीले भोलि बहुउद्देश्यीय प्रकृतीका अन्य कामहरु पनि गर्न खोजिरहेको अवस्था छ।
यसैले गर्दा हामीले अझै म्यानपावर अझै बढाउन सक्छौँ । र बढ्न सक्ने सम्भावना छ । अर्को कुरा के हो भने यस्तो प्रतिकुल अवस्थामा पनि हामीले यतिधेरै व्यक्तिहरुलाई रोजगारी दिन सकेका छौँ । यो खूशीको कुरा हो।
के हो शुक्रपथ बहुउद्देश्यीय सहकारी लि ?
काठमाडौँको न्युरोडमा मूख्य कार्यालय रहेको शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड १० वर्षअघि स्थापना भएको हो। हाल यो संस्थाको केन्द्रीय कार्यालयसहित ७ स्थानमा सर्भिस सेन्टरहरु रहेका छन्। काठमाडौँ उपत्यकाका व्यस्त ठाउँहरु कालिमाटी, सामाखूशी, चाबहिल, तीनकुने, लगनखेल, हात्तिगौँडामा शुक्रपथका सर्भिस सेन्टरहरु छन्।
२०७३ असार १४ को निर्णयअनुसार साविक वैभवशाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड, २०७४ जेठ २ गतेको निर्णयनुसार साविक शुभागमन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, २०७४ पुस २० गतेको निर्णयनुसार साविक श्रीपथ बचत तथा ऋण सहकारी संस्था लिमिटेडसँग एकिकृत भई शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था मर्जर मर्जरहुँदै बलियो शुक्रपथ बहुउद्देश्यीय सहकारी बन्यो।
गत वर्ष अर्थात गत चैत्र ९ गतेको निर्णयनुसार साविक सघन बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्रपथ सहकारीमा गाभिएको छ । सहकारीको हालको अवस्था र भावी योजनाबारे कार्यकारी निर्देशक वाग्लेसँग नयाँ पुस्ता डटकमले गरेको कुराकानी ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
