काठमाडौं । नेपाल रेल्वे कम्पनी लिमिटेडले विभिन्न २९ वटा पदका लागि लागि विज्ञापन खुलाएको छ।
जनकपुर-जयनगर रेल सञ्चालनको लागि कम्पनीले विभिन्न २९ वटा पदका लागि १ सय २९ जना कर्मचारी माग गरेको हो।
आज एक बिज्ञापन जारी गर्दै कम्पनीले करार सेवामा खुल्ला प्रतिस्पर्धाद्वारा कर्मचारीहरू परिपूर्ति गर्न लागेको हो। सामान्य लेखपढ गर्नेदेखि लिएर स्नातक गरेकाहरूले समेत सहभागिता जनाउन सक्नेछन्।
कम्पनीले सव इन्जिनियर, सहायक स्टेसन मास्टर, प्रमुख प्रशासन सहायक, लेखापाल, कम्प्युटर अपरेटर, क्यासियर, टिकट विक्रेता सहायक, टिकट कलेक्टर, हेल्पर, कार्यालय सहयोगी लगायतको पदका लागि समेत विज्ञापन आह्वान गरेको हो।
योग्यता पुगेका आवेदकले असोज १२ गते भित्र रेल्वे कम्पनीको वेबसाइट www.nepalrailway.org मार्फत् विभिन्न विज्ञापनमा अनलाइन दरखास्त दिन सक्नेछन्।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
