काठमाडौं । चर्चाको शिखरमा रहेका गायक महेश काफ्लेको ‘लज्जावती झार’ युटुब ट्रेनिङको पहिलो नम्बरमा पुगेको छ।
गीत सार्बजनिक भएको एक हप्तामै १५ लाख ओभर भ्युअर सहित युटुब ट्रेनिङको पहिलो नम्बरमा पुगेको हो। युटुबमा मात्र नभई यो गीत अहिले टिकटकमा समेत उत्तिकै लोकप्रिय रहेको छ।
महेशकै शब्द, संगीत र स्वर रहेको उक्त गीतमा अस्मिता अधिकारीको पनि स्वर रहेको छ। असिफ शाहले निर्देशन गरेको भिडियोमा महेश र चर्चित नायिका आँचल शर्मालाई देख्न सकिन्छ।
महेशका यसअघि का ‘नाच फिरिरि’ ले ६ करोड र ‘माया बिरानी’ ले ५ करोड वढी दर्शकको माया पाईसकेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
