पोखरा । गण्डकी प्रदेशमा थप एक जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । नवलपुर मध्यविन्दु–१२, का ६० वर्षीय पुरुषको उपचारको क्रममा लुम्बिनी अस्पतालमा मृत्यु भएको हो।
निमोनिया र श्वासप्रश्वाससम्बन्धि समस्याले ग्रस्त उनको उपचारको क्रममा निधन भएको हो। रुपन्देहीको लुम्बिनी अस्पतालमा उपचाररत ती पुरुषको स्वाब जाँच गर्दा संक्रमण पुष्टि भएको थियो।
भदौ २६ गते दिउँसो उनको मृत्यु भएको थियो । अस्पताल प्रशासनले जानकारी दिएपछि स्वास्थ्य निर्देशनालयले मृतकको संख्या थपिएको जनाएको छ । योसँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ।
गण्डकीमा थप १९ जना संक्रमित थपिए
पछिल्लो अपडेटअनुसार प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
संक्रमितमध्ये बागलुङ बडिगाडका २ जना विदेशबाट आएर क्वारेन्टिनमा बसेकाहरु रहेका छन् भने कास्कीमा १७ जनामा संक्रमण देखिएको छ।
पछिल्लो अपडेटअनुसार कुल संक्रमितको संख्या २ हजार १९१ पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
