तनहुँ । तनहुँकी कोरोना संक्रमित एक महिलाको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको छ।
आँबुखैरेनी गाउँपालिका–४ निवासी ७६ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
निर्देशनालयका अनुसार भदौ २४ गते काठमाडौंस्थित मनमोहन कार्डियो भास्कुलर उपचार केन्द्र शिक्षण अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो।
मुटु सम्बन्धी रोगबाट ग्रसित ती महिला भदौ २० गते अस्पतालमा भर्ना भएकी थिइन्। भदौ २३ गते उनलाई कोरोना पुष्टि भएको थियो।
योसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
