विश्वका ४० देशमा रहेका नेपाली कोरोनाबाट प्रभावित, २ सय ४३ को मृत्यु

काठमाडौँ । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणबाट विदेशमा विभिन्न मितिमा थप ४३ जना नेपालीको ज्यान गएको पुष्टि भएको छ।

गएको मार्च महिना यता साउदी अरबमा मात्रै ४१ जनाको नेपालीको कोरोनाको कारण ज्यान गएको साउदीमा रहेको नेपाली दूतावासलाई उद्धृत गर्दै गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले जनाएको छ। योसँगै साउदी अरबमा मात्रै कोरोनाको कारण ५२ जना नेपालीको ज्यान गएको छ।

Advertisement

यस्तै गएको साता कतारमा पनि थप २ जना नेपालीको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ। यो सँगै शनिबार साँझसम्म विदेशका विभिन्न १६ देशमा कोरोनाबाट २ सय ४३ नेपालीको ज्यान गएको स्वास्थ्य समितिका संयोजक डा. सञ्जिव सापकोटाले जानकारी दिए ।

बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत १६ देशमा रहेका नेपालीहरुले ज्यान गुमाएका हुन्।

स्वास्थ्य समितिका अनुसार यो साता स्पेन, पोल्याण्ड, भारत, कतार, र साउदी अरब लगायतका देशमा कोरोना सङ्क्रमणदर सामान्य रुपमा वृद्धि भएको छ।

समितिका अनुसार अहिलेसम्म विश्वका ४० देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन्।

More News last news
Loading...