तस्वीरमा हेर्नुहोस् सिन्धुपाल्चोकमा भीषण पहिरो

काठमाडौँ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा पहिरो खसेको छ । गत राति बाह्रबिसेको भीरखर्च, नागपुच्छे र किम्बे गाउँ क्षेत्रमा पहिरो जाँदा १८ घर पुरिएका छन् ।

खहरे खोलामा बाढीसहित आएको पहिरोले घरहरु बगाएको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ।

Advertisement

राति करिब २–३ बजे पहिरो गएको र यसबारे थप विवरण आउन बाँकी रहेको छ । घटनास्थलमा प्रहरी पुग्दै गरेको जिल्ला प्रहरी कार्यालय चौताराले जनाएको छ।

यो वर्ष सिन्धुपाल्चोकमा पटक–पटक गएको बाढी र पहिरो कारण ठूलो धनजनको क्षति भएको छ।

More News last news
Loading...