काठमाडौँ उपत्यकामा थप ४ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । काठमाडौँ उपत्यकामा मात्रै शनिबार ४ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारको मिडिया ब्रिफिङमा काठमाडौँमा ३७७, भक्तपुरमा १७ र ललितपुरमा ३७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो।

काठमाडौँमा संक्रमण पुष्टि भएकाहरु मध्ये १५० जना महिला र २ सय २७ जना पुरुष छन्। त्यस्तै भक्तपुरमा ५ जना महिला र १२ पुरुष, ललितपुरमा १६ महिला र २१ जना पुरुष कोरोना संक्रमित बनेका छन्।

Advertisement

यसअघि शुक्रबार नियमित मिडिया ब्रिफिङका क्रममा उपत्यकामा ६ सय ३६ जनामा कोरोना संक्रमण देखिएको थियो।

पछिल्लो २४ घण्टामा नेपालमा १२ सय १ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार १ सय २० पुगेको छ।

More News last news
Loading...