निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौँ उपत्यकामा ह्वात्तै बढ्यो कोरोना संक्रमण

काठमाडौँ । निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौँ उपत्यकामा कोरोना संक्रमण ह्वात्तै बढेको छ।

पछिल्लो २४ घण्टामा मात्रै थप ६९६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो संख्या हालसम्मकै सर्वाधिक हो।

Advertisement

काठमाडौँमा ६२०, ललितपुरमा ३८ र भक्तपुरमा ३८ जना गरी जम्मा ६९६ जना नयाँ संक्रमित थपिएका हुन्।

यसअघि विहीबार (हिजो) काठमाडौँमा ४९५, ललितपुरमा ४३ र भक्तपुरमा ३४ जना गरी जम्मा ५७२ जना संक्रमित थपिएका थिए। करिब ३ साता लामो निषेधाज्ञा बिहीबारबाट खुकुलो भएको हो।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर अहिलेसम्मकै सर्वाधिक १४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ।

२४ घण्टामा ११ हजार १६७ पीसीआर परीक्षण गरिएका छन्। २४ घण्टाको अवधिमा बिहीबार १२ सय ४६ जना संक्रमित फेला परेका थिए। सक्रिय संक्रमित १४ हजार ९२५ रहेको प्रवक्ता गौतमले बताए ।

More News last news
Loading...