भारतमा एकै दिन झण्डै एक लाख कोरोना संक्रमित थपिए

काठमाडौँ । भारतमा पछिल्लो समय कोरोना भाइरस संक्रमण झन् बढ्दै गएको छ। एकै दिन भारतमा झण्डै एक लाख कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा भारतमा ९५ हजार ५ सय २९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने १ हजार १ सय ६८ जनाको मृत्यु भएको छ। यो सँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ४४ लाख ६२ हजार ९६५ पुगेको छ भने ७५ हजार ९१ जनाको मृत्यु भएको छ।

Advertisement

जसमध्ये ३४ लाख ६९ हजार ८४ जना उपचारपछि निको भएका छन् भने ९ लाख १८ हजार ७९० जना एक्टिभ संक्रमितको उपचार भइरहेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा अमेरिकामा ३५ हजार २ सय ४४ जना नयाँ संक्रमित थपिएका छन् भने १ हजार २ सय ९ जनाको मृत्यु भएको छ।

त्यस्तै ब्राजिलमा पछिल्लो २४ घण्टामा ३४ हजार २०८ जना नयाँ संक्रमित थपिएका छन् भने १ हजार १ सय ३६ जनाको मृत्यु भएको छ।

More News last news
Loading...