एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०२१ को नोवल शान्ति पुरस्कारका लागि मनोनित गरिएको छ।
विश्वभरिको द्वन्द्व समाधानका लागि भएका ट्रम्पका प्रयासका प्रशंसा गर्दै आएका नर्वेली संसदका विधायक क्रिस्टियन टाइव्रिन्ग– जेद्धेले उनलाई छनौट गरेका हुन्।
चार पटक संसदका सदस्य बनिसकेका नेटो संसदिय सभाका लागि नर्वेली प्रतिनिधिमण्डलका अध्यक्ष जेद्धेले अमेरिकी राष्ट्रपति ट्रम्पलाई दावेदारको रुपमा लिएका छन्।
उनले अन्य नोवल शान्ति पुरस्कारका दावेदारको तुलनामा ट्रम्पले राष्ट्रहरुबिच शान्ति स्थापना गर्न सबैभन्दा बढि प्रयास गरेको दाबी गरेका छन्।
संयुक्त अरव इमिरेटस युएइ र इजरायलबिचको ऐतिहासिक कुटनीतिक सम्बन्ध स्थापना गर्न ट्रम्पले महत्वपूर्ण भुमिका निभाएको उनको भनाई छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
