काठमाडौँ उपत्यकामा अनलाइन डेलिभरी खुल्ला, तर निश्चित समयका लागि मात्र

काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र निश्चित समयका लागि अनलाइन डेलिभरी र टेक अवे सेवा खुल्ला भएको छ।

दुबै सेवा मध्यान्ह बाह्र बजेदेखि साँझ सात बजेसम्मका लागि मात्रै खुल्ला गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जानकारी दिएको छ।

Advertisement

कोरोना भाइरस महामारीबाट बच्न अपनाउनु पर्ने आवश्यक सुरक्षा सतर्कता भने अनिवार्य रुपमा अपनाउनु पर्ने काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए।

कोरोना महामारीको जोखिम जारी रहे पनि आर्थिक गतिविधि ठप्प हुन नदिन मात्रै निषेधाज्ञा खुकुलो बनाइएको उनले बताए।

उपत्यकामा ३ भदौदेखि निषेधाज्ञा सुरु भएको थियो। सरकारले बिहीबारदेखि निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो।

More News last news
Loading...