काठमाडौँ । नेपाली काँग्रेस जुम्लाका भ्रातृ संगठन विभाग प्रमुख लक्ष्मण शाहीले कांग्रेसका विश्वेश्वरप्रसाद कोइरालाले देखाएको बाटोमा कांग्रेस हिँड्नुपर्ने बताएका छन्।
पार्टीका युवा नेता उनले विपीले कांग्रेसमा त्याग, तपस्या र उदारताको पाठ सिकाएकाले त्यसलाई सबैले मार्गदर्शनका रुपमा लिनुपर्ने उनको भनाई छ।
विपीको १ सय ७ औं जन्मजयन्तीको अवसरमा उनले भने ‘नेपाली कांग्रेसप्रति जनताको झुकाव अझै पनि छ, कांग्रेस बलियो भएको हेर्न चाहने नागरिकको ईच्छालाई नेतृत्वले ख्याल गर्नुपर्छ।’
यो अवसरमा पार्टीले ३ दिनसम्म विभिन्न कार्यक्रमको आयोजना गरेको छ। २०१५ सालमा प्रथमपटक जननिर्वाचित प्रधानमन्त्री भएका उनले छोटो समयमा पनि देश र जनताको पक्षमा राम्रो काम गरेको उदाहरणीय बनेको उनको भनाई छ।
तत्कालीन राजा महेन्द्रले ‘कु’ गरेपछि विपीको सरकार २०१७ पौष १ गते ढलेको थियो । विपीले पटकपटक गरी १२ वर्ष जेल जीवन बिताएका थिए।
भारतको बनारसमा १९७१ साल भदौ २४ गते जन्मिएका उनले २०३३ सालमा नेपाल फकिँदा लिएको राष्ट्रिय मेलमिलापको नीति अझै पनि सान्दर्भिक रहेको छ। उनले जन्मदिन र मृत्युको दिन पारेर एक दुई दिनमात्र औपचारिक कार्यक्रममात्र गरेर उनको कदर हुन नसक्ने पनि बताए।
स्थानीय तहको निर्वाचनमा हिमा गाउँपालिकामा अध्यक्षको उम्मेदवार बनेका नेता शाहीले नेपाली कांग्रेसले यो बेला जनताका हरेक विषयमा आवाज उठाउनुपर्ने उनको सुझाव छ।
भारतको स्वतन्त्रता आन्दोलनको लागि पनि सक्रिय रहेका उनले १ सय ४ वर्षे जहानिँया राणा शासन ढाल्न पनि विशेष भूमिका निर्वाह गरेका थिए। शाहीले कांग्रेसका संस्थापक नेताहरुले पार्टीमा ठूलो योगदान गरेकाले त्यसलाई भुल्न नहुने पनि बताए।
‘विपीले आफ्नो जीवनमा कहिल्यै पनि स्वार्थको राजनीति गरेनन्, जीवनको अन्तिम क्षणसम्म देशको लागि समर्पित भएर काम गरेको इतिहास छ’ उनले भने ‘ कांग्रेसको अहिलेको नेतृत्वले पनि विपीको बाटो पछ्याउनुपर्छ र राम्रो कामको अनुशरण गर्नुपर्छ, केवल नाममात्र लिएर उनको वास्तविक सम्मान हुँदैन।’
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
