काठमाडौँ उपत्यकामा थप ३९६ जना कोरोना संक्रमित फेला

काठमाडौँ । पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा थप ३९६ कोरोनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा ३००, भक्तपुरमा ५८ र ललितपुरमा ३८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

Advertisement

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ९०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो सँगै कुल संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा २ हजार २८७ जना कोरोना संक्रमण मुक्त भएका छन्। यो सँगै नेपालमा कोरोना मुक्त हुनेको कुल संख्या ३२ हजार ९६४ पुगेको छ।

यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ। जसमा संस्थागत आइसोलेशनमा ८ हजार ५३ रहेका छन् भने होम आइसोलेशनमा ६ हजार ८१५ जना रहेका छन्। यस्तै आज १० हजार ६११ जनाको पीसीआर परीक्षण भएको छ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै मृतकको कुल संख्या ३०६ पुगेको छ।

More News last news
Loading...