ललितपुर । मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीलाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका थप चार जनाको कोरोना संक्रमण पुष्टि भएको छ।
महानगरीय प्रहरी परिसर, ललितपुरले सोमबार थप चार जनामा कोरोना पोजिटिभ देखिएको जानकारी दिएको छ।
आइतबार दुई जनाको रिपोर्ट पोजिटिभ आएको थियो। अन्य ११ जनाको रिपोर्ट आउन बाँकी रहेको परीसरले जनाएको छ। उक्त समूहका तीन जना हिजो रिहा भएका थिए। बिरामी तथा कोरोना संक्रमितलाई आफन्तको जिम्मा लगाएर आइसोलेसनमा पठाइएको प्रहरीले जनाएको छ।
आरोपितहरु सबैको रिहाई गर्नुपर्ने माग लिएर १९ जाती र ज्यापू समाजका प्रतिनिधि सोमबार जिल्ला प्रशासन कार्यालय पुगेका थिए।
पक्राउ परेकालाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा चलाइएको जानकारी प्रहरीले दिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
