भारतमा विश्वकै सबैभन्दा धेरै कोरोना संक्रमित फेला, अमेरिका र ब्राजिलमा भन्दा दोब्बरको मृत्यु

काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक ९१ हजार ६२३ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै पछिल्लो २४ घण्टामा विश्वकै सबैभन्दा धेरै हो।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा अमेरिका र ब्राजिलभन्दा दोब्बर मानिसको मृत्यु भएको छ। भारतमा १ हजार ८ जनाको मृत्यु हुँदा अमेरिकामा ४३२ र ४६५ जनाको कोरोनाबाट ज्यान भएको छ।

Advertisement

यो सँगै हादसम्म भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७१ हजार ६ सय ८७ पुगेको छ भने ४२ लाख २ हजार ५६२ पुगेको छ। भारतमा कोरोना संक्रमितबा बढी प्रभावित देशमध्येकै दोस्रो नम्बरमा छ।

त्यस्तै अमेरिकामा पछिल्लो २४ घण्टामा ३१ हजार ११० जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै अमेरिकामा हालसम्म कोरोना संक्रमितको संख्या ६४ लाख ६० हजार २६० पुगेको छ भने १ लाख ९३ हजार २५० जनाको मृत्यु भएको छ।

त्यस्तै ब्राजिलमा पछिल्लो २४ घण्टामा १४ हजार ६०६ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। यो सँगै ब्राजिलमा हालसम्म कोरोना संक्रमितको संख्या ४१ लाख ३७ हजार ६०६ पुगेको छ भने १ लाख २६ हजार ६८६ जनाको मृत्यु भएको छ।

More News last news
Loading...