वडा अध्यक्षको ज्यादतीः कोरोना संक्रमितको घरमा ९ जनालाई भित्र थुनेर बाहिरबाट ताल्चा

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) संक्रमित भक्तपुर नगरपालिका–१० कमलविनायकका एक पुरुषको घरमा नौ जनालाई घरभित्र राखेर वडा अध्यक्षले ताल्चा लगाइदिएका छन् ।

करिव ४९ वर्षीय पुरुषमा गत बुधबार कोरोना भाइरस संक्रमण पुष्टि भएपछि खरिपाटीस्थित विद्युत् प्राधिकरण तालिम केन्द्रको आइसोलेसनमा राखिएको थियो।

Advertisement

यसपछि श्वासप्रश्वासमा समस्या आएपछि हाल उनीको पाटन अस्पतालमा उपचार भइरहेको छ भने परिवारलाई बाहिरबाट ताला लगाएर भित्रै राखिएको छ।

कोरोना संक्रमित परिवारलाई होम आइसोलेसनमा राखेर जनप्रतिनिधिले आवश्यक परामर्श र सहयोग गर्नुपर्नेमा उल्टैभित्र राखेर बाहिरबाट ताल्चा मारिदिएपछि पीडित परिवार थप मानसिक तनाबमा परेको संक्रमितका परिवारले बताएका छन्।

वडाध्यक्षसहितको टोलीले संक्रमित पुरुषकी आमासहित परिवारका चार जना र घरमा डेरागरी बस्ने पाँच जना गरी नौ जना घरभित्र नै राखेर घरको मूल ढोकामा ताल्चा लगाएर साँचो छिमेकीलाई दिइ केही परे छिमेकीलाई भन्नु भनेर गएको परिवारले जनाएका छन्।

घरमा बाहिरबाट ताल्चा मारिदिएपछि घरभित्र रहेका वृद्धवृद्धा र साना बालबालिका त्रसित भएको बताउँदै वडाध्यक्ष र छिमेकीले पीडामाथि पीडा थपेको परिवारको गुनासो छ।

परिवारलाई घरभित्र थुन्ने वडा अध्यक्षको भनाइ
कोरोना संक्रमण पुष्टि भएका एक पुरुषका ९ जना परिवारलाई घरभित्र थुनिदिने वडा अध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाले आफ्नो गल्ती स्वीकार गरेनन्। उनी भक्तपुर–१० मा निर्वाचित जनप्रतिनिधि हुन्।

किन पीडित परिवारलाई थुनेको भन्ने प्रश्नमा उनले भने, मैले परिवारकै आग्रहमा ताल्चा मारेको हो। भाडामा बस्ने बाहिर जाने आउने गर्दा छिमेकीमा संक्रमण हुने खतरा भयो । त्यसैले छिमेकी र परिवारको आग्रहमै उनीहरुलाई बाहिरबाट ताल्चा लगाएको हुँ ।

अरू संक्रमितको घर प्रहरीले सिल गर्ने गरे पनि यस घरमा भने प्रहरी र छिमेकीको रोहबरमा ताल्चा वडा अध्यक्षले ताल्चा मारेका हुन्। उनले घरमा ताल्चा मारेर केही परे छिमेकीलाई भन्नु भनेर साँचो छिमेकीलाई दिएको पनि बताए।

के भन्छ प्रहरी ?

संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्ति दुई साता होम आइसोलेसन बस्नुपर्ने र कन्ट्याक ट्रेसिङमा परेकाको सात दिनमा पीसीआर परीक्षण हुँदै आएको छ। तर कमलविनायकमा भने यसो हुन सकेन्।

महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले वडाध्यक्ष र छिमेकीले नै परिवारको सहमतिमा बाहिरबाट ताल्चा मार्न भनेपछि प्रहरी रोहवरमा बसेको जनाउँदै पीडितको निगरानी छिमेकी र जनप्रतिनिधिले गर्नु पर्ने औँल्याए।

More News last news
Loading...