काठमाडौँ उपत्यकामा थप ४ सय ५४ जना कोरोना संक्रमित फेला

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४ सय ५४ जना कोरोना संक्रमित थपिएका छन्।

काठमाडौँमा ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जना गरी थप ४ सय ५४ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्व गौतमले जानकारी दिए।

Advertisement

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर अहिलेसम्मकै धेरै १३ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै नेपालमा नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ।

२४ घण्टाको अध्यावधिक विवरण अनुसार बिहीबार १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

२४ घण्टामा डिस्चार्ज १३ सय ५४ भएको निको भएका छन् । यो सँगै निको हुनेको संख्या २५ हजार ५६१ पुगेको छ । यो ५८ प्रतिशत हो ।

पीसीआर परीक्षण १३ हजार ६ सय ८० रहेको मन्त्रालयका प्रवक्ता डा गौतमले बताए।

More News last news
Loading...