राजधानीमै युवतीको सामूहिक बलात्कार, दुई पक्राउ

काठमाडौँ । प्रहरीले सामूहिक बलात्कार गर्ने दुईजनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका–१ दहचोकमा १९ वर्षीया एक युवतीमाथि सामूहिक बलात्कार गर्ने मुगु घर भई चन्द्रागिरि बस्ने २८ वर्षीय लोकेन्द्रबहादुर मल्ल र मुगुकै २३ वर्षीय रतनबहादुर शाहीलाई बिहीबार साँझ पक्राउ गरेको हो ।

Advertisement

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले एक महिलामाथि सामूहिक बलात्कार भएको सूचनाका आधारमा प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको जानकारी दिनुभयो।

पक्राउ परेका विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को करणीसम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान तथा कारबाही हुने वृत्तले जनाएको छ ।

More News last news
Loading...