काठमाडौँ । आज शुक्रबार पनि अमेरिकी डलरलगायत केही देशको विनिमयदर बढेको छ।
आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ १६ पैसा र बिक्रीदर ११७ रुपैयाँ ८६ पैसा तोकेको छ। हिजो डलरको खरिदर मूल्य ११६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११७ रुपैयाँ १५ पैसा रहेको थियो।
त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ २७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ २१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३७ रहेको छ।
त्यस्तै यूरोपियन यूरो १ को खरिदर मूल्य १३८ रुपैयाँ ५३ पैसा छ भने बिक्रीदर मूल्य १३९ रुपैयाँ २४ पैसा छ।
त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५५ रुपैयाँ ४० पैसा छ भने बिक्रीदर मूल्य १५६ रुपैयाँ २० पैसा छ।
हेर्नुहोस् अन्य देशको विनिमयदर

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
